पहिरोमा परी क्षति

काठमाडौं, २४ साउन
    संखुवासभा : सभापोखरी–४ बस्ने बीरबहादुर तामाङ लगायत ४ जनाको धानबाली लगाएको जग्गामा अबिरल बर्षाको कारण सोमबार पहिरो गई करीव १० लाख ३० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।
    दोलखा : झुले गाविस–४, ५, ६, ७, ८ र ९ मा अविरल वर्षाको कारण शनिबार बाढी तथा पहिरो आउँदा सोही ठाउँ बस्ने शिवकुमार कार्की लगायत ४९ जनाको घर, गोठ जोखिममा रहेको, खेतवारीमा समेत क्षति पु¥याएको भन्ने खबर सोमबार प्राप्त भएपछि घटनास्थलतर्फ स्थानीय प्रहरी खटि गएको छ ।