लागू औषध गाँजासहित पक्राउ
सर्लाही, २४ साउन
चन्द्रनगर गाविस–८ बस्ने ६५ बर्षीय उचित मुखिया बिनलाई प्रहरीले लागू औषध गाँजा २.५ के.जी. सहित पक्राउ गरेको छ ।
मुखियाले गाँजा बेचबिखन गर्ने गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भक्तिपुरबाट सोमबार खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त गाँजा बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

