खुकुरी प्रहार गरी दाजुको हत्या गर्ने पक्राउ

मोरङ, २४ साउन
    आप्mनै दाजुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बिराटनगर–६ पृथ्वीटोल बस्ने ३५ बर्षीय बीरेन्द्र मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
    मुखियाले सोमबार घरायसी विवादमा ४० बर्षीय दाजु संतोष मुखियालाई खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।