नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएकाहरू पक्राउ
काठमाडौं, २४ साउन
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएका २ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंन्जले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिडाट हस्पिटल लगनखेल ललितपुरमा कार्यरत कुपण्डोल बस्ने सर्लाही मलंगवा–३ का ३२ वर्षीय र्जाना सविहा र शिवपुरी डेन्टल क्लिनिक महाराजगंज समेतमा कार्यरत काठमाडौं स्वयम्भु सानोभ¥याङ बस्ने सुनसरी धरान नगरपालिका–१० का ४० वर्षीय किशोर गुरुङ रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गरी चिकित्सकीय अभ्यास गरिरहेका बिरूद्ध ‘अपरोशन क्वाक’कै क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
जार्नालाई मिडाट हस्पिटल लगनखेल ललितपुरबाट र किशोरलाई शिवपुरी डेन्टल क्लिनिक महाराजगंजबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौबाट ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरू भएको ब्यूरोले जानकारी गराएको छ ।

