करेन्ट लागेर मृत्यु

रुपन्देही, २५ साउन
    सिद्धार्थनगर नगरपालिका–४ बस्ने २२ वर्षीय दिपक चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार आफनै घरमा बिजुलीको प्लग जोडने क्रममा करेन्ट लागेका उनलाई  भिम अस्पताल भैरहवा लगिएकोमा उपचारको क्रममा  मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।