जलेर मृत्यु
बारा, २५ साउन
शरीरमा मट्टितेल खन्याई आगो लगाउदा गढीमाई नगरपालिका–१० नितनपुर बस्ने २५ वर्षीया सरस्वती देबी सहनीको मृत्यु भएको छ ।
सहनीले सोमबार घर पछाडी रहेको गोठ भित्र आप्mैले शरीरमा मट्टीतेल खन्याई आगो लगाउँदा जलेर मृत्यु भएको बताइएको छ ।
घटनाको सोधपुछ तथा अनुसन्धानको लागि प्रहरीले मृतक सहनीको ६० वर्षीया सासु सुनरपति सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

