नदीले बगाई मृत्यु

तनहुँ,२५ साउन
    दुम्सीकोट बस्ने २१ वर्षीय हेलेन सिंजालीको व्यास नगरपालिका–९ खहरेस्थित मादी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । सोमबार साथीहरुसंग पौडी खेल्ने क्रममा नदीले बगाई बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा ब्यास नगरपालिका–१२ न्युरो घारीस्थित सेती नदिको किनारमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।