सवारी दुर्घटनामा मृत्यु
धादिङ, २५ साउन
बेनिघाट–९ मालिङ स्थित पृथ्वी राजमार्गमा ना.५ ख ७२७८ नम्बरको माइक्रो बसले बा.७३ प ८६९२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा मोटरसाइकल चालक स्याङजा घर भएका २४ वर्षीय सोमन के.सी.र गुल्मी दर्लामचौर–४ बस्ने २५ वर्षीय विकाश अर्यालको मृत्यु भएको छ । दुर्घटनामा के.सी.को घटनास्थलमै र अर्यालको मलेखु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

