नगद लुटपाट
जुम्ला, २५ साउन
छुमचौर–४ लौरीचौर बस्ने सिचाई मर्मत समितिका अध्यक्ष बिरबहादुर बोहरा सहित ४ जनाको नगद १ लाख ९४ हजार रुपैयाँ र करीब ५ हजार रुपैयाँ बराबरको सामान लुटपाट भएको छ ।
सोमबार राति सदरमुकामबाट घरतर्फ गइरहेको अवस्थामा उनीहरुलाई ५÷७ जनाको अपरिचित व्यक्तिहरुले कुटपिट गर्नुका साथै बोहराको टाउको र बाँया पाखुरामा खुकुरी प्रहार गरी घाइते बनाएर उक्त नगद तथा सामानहरु लुटपाट गरेका थिए ।
फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

