जुवा तास खेल्ने पक्राउ

मकवानपुर, २५ साउन
    वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलिले हेटौडा उपमहानगरपालिका–१० बाट जुवा तास खेली रहेका ८ जनालाई पक्राउ गरेको छ ।
    प्रहरीले उनीहरुलाई सोमबार जुवा तास खेली रहेको अवस्थामा नगद ५३ हजार ८ सय २५ रुपैयाँ, भारतीय ५ सय रुपैयाँ, तास १४ बुक, १ सय लेखिएको क्वाईन १८ थान, ५० लेखिएको क्वाईन ६ थान, २० लेखिएको क्वाईन ३० थान र १० लेखिएको क्वाईन २९ थान सहित पक्राउ गरेको थियो ।
    यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।