ढुकुटी खेलाउने पक्राउ
काठमाडौं, २५ साउन
गैह्र कानुनी रुपमा निक्षेप संकलन गरी ढुकुटी खेल्ने खेलाउने काठमाडौंका महानगरपालिका–३४ मध्यबानेश्वरस्थित वर्षा वुटिक संचालिका जोरपाटी बस्ने ४३ वर्षीया तुलसा बराल समेत १० जनालाई प्रहरीले सोमबार नगद ७ लाख ९८ हजार १ सय रुपैयाँ सहित सोमबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

