लागू औषध सहित पक्राउ
काठमाडौं, २५ साउन
काठमाडौं : धादिङ पिडा–९ बस्ने ३४ वर्षीय उत्तम तामाङ, मकवानपुर पालुङ–१ बस्ने ५६ वर्षीय दिलबहादुर लामा र चितवन रत्न नगरपालिका–१ बस्ने ४१ वर्षीय बिशाल पुनलाई प्रहरीले ४ किलो लागू औषध चरेशसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुबाट उक्त चरेश सहित पक्राउ गरेको हो ।
मोरङ : उदयपुर बेल्टार नगरपालिका–११ बर्खे डाँडा बस्ने २१ वर्षीय शुसील राईलाई प्रहरीले लागू औषध लुपिजेसिक २० एम्पुल, फेनारगन २० एम्पुल, डाईजोपाम २० एम्पुल र नाईट्रोसन २० एम्पुलसहित पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको प्रहरी टोलीले सोमबार बिराटनगर उपमहानगरपालिका–२१ स्थित ३ नम्बर ढाटमा भारत जोगबनीबाट विराटनगरतर्फ पैदल आउँदै गरेका राईलाई शंका लागि चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

