अवैध हतियार सहित पक्राउ

सुनसरी, २५ साउन
    ईटहरी उपमहानगरपालिका–२१ बस्ने २९ वर्षीय अरबिन्द चौधरी र ३७ वर्षीय छेदनलाल चौधरीलाई प्रहरीले अवैध पेस्तोल सहित पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरीबल बोर्डर आउट पोष्ट लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार लौकही–२ मा को.४ प ४७७३ र को.७ प ६४१७ नम्वरको मोटरसाइकलमा भारत बसमतिया बजारबाट नेपाल आउदै गरका उनीहरुलाई चेकजाँच गर्दा अरबिन्द चौधरीको साथबाट म्याग्जिन बिनाको अटोमेटिक ईटालियन पेस्तोल १ थान र छेदनलाल चौधरीको साथबाट म्याग्जिनमा २ राउण्ड गोली लोड भएको ईटालियन अटोमेटिक पेस्तोलमा फिट हुने म्याग्जिन १ थान बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।