अपहरित बालिकाको उद्धार, घटनामा संलग्न पक्राउ
सुनसरी, २५ साउन
अपहरणमा परेकी भारत बिहार राज्य,कटिहार, कुर्सिला बस्ने भानु अग्रवालको ६ वर्षीया छोरी छवी भन्ने स्पर्श अग्रवाललाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रहरीले अपहरण कार्यमा संलग्न मध्येका सुनसरी ईनरुवा नगरपालिका–५ बस्ने ४४ वर्षीय दिनेश गुप्तालाई ल्याप टप १ थान , बिभिन्न ५ वटा सिम र १ थान मोबाईलसहित पक्राउ गरेको छ ।
साउन १९ गते सुनसरी जिल्लाको कप्तानगंजबाट बालिका अपहरण गरी नेपालको कुनै स्थानमा बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त भएपछि क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सोमबार पथरी शनिश्चरे नगरपालिका–१ बस्ने रिता साहको घरमा लुकाई राखेको अवस्थामा बालिकालाई सकुशल उद्धार गरेको थियो ।
प्रहरीले बालिकालाई उनको अभिभावकको जिम्मा लगाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

