अन्तरक्रिया कार्यक्रम

काठमाडौँ, २५ साउन
    पर्सा : “प्रहरी मेरो साथी” कार्यक्रमको ६८ औं श्रृङ्खला अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ समेतको प्रहरी टोलीले बीरगंज उपमहानगरपालिका–१८ स्थित नेशनल मेडिकल कलेजमा एम.बि.बि.एस.मा अध्ययनरत ३ सय ५० जना बिद्यार्थीहरू संग प्रहरी कसरी सबैको साथी बन्न सक्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
     कार्यक्रममा समाजका सामाजिक कुसंस्कार तथा लागु औषध दुव्र्यसन लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागी छात्राहरूले दाइजो लगायतका विद्यमान सामाजिक कुप्रथा हटाउन सबैले आफ्नो–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्बाह गर्नुपर्ने बिचार व्यक्त गरेका थिए ।
    मकवानपुर : प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर, सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर एवं सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा आइतबार हेटौडा उपमहानगरपालिका–१० स्थित सोलिडायरीटी ईन्टरनेशनल एकेडेमी हायर सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु र शिक्षक गरी १ सय २० जनासंग लागुऔषध दुव्र्यसन र यसका कानुनी प्रावधानको बारेमा अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ । ।