आगलागीबाट धनमाल क्षति

भोपुर, २५ साउन
    नेपालेडाँडा–७ सिम्ले बस्ने अम्बिका श्रेष्ठको घरमा तरकारी पकाउने क्रममा मंगलबार आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा गरी करीव ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।