सवारी दुर्घटनामा घाइते
काठमाडौं, २५ साउन
काठमाडौं महानगरपालिका–१ नक्सालस्थित भाटभटेनी चोकमा बा.६३ प ६४८२ नम्बरको मोटरसाइकलले साईकललाई मंगलबार ठक्कर दिँदा भएको दुर्घटनामा साइकलयात्री हाल नाम, थर, वतन नखुलेका करीव ५६ वर्षीय पुरुष र मोटरसाइकल चालक काठमाडौं महाराजगंज बस्ने १९ वर्षीय सन्तोष थापा मगर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि शिक्षण अस्पताल पठाइएको र अवस्था दुबैजनाको बोल्न नसक्ने रहेको छ ।

