मृत अवस्थामा फेला

काठमाडौं, २५ साउन
    बैतडी : हराएको बाख्रो खोज्न जान्छु भनी गत आइतबार घरबाट निस्केका रौलेस्वर–४ बिस्टपाली बस्ने ४७ वर्षीय उद्धब बिष्ट घर नफर्केपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित झोलुंगे पुल नजिकै मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
    तनहुँ : बन्दीपुर नगरपालिका–४ ठुलढुङ्गास्थित ज्याला मजदुरी काम गरी बस्ने करीव ३६ वर्षीय किशोर महतो मंगलबार बाटोको झाडीमा मृत अबस्थामा फेला परेका छन् ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।