इनारमा डुबेर तथा खोलाले बगाई मृत्यु
काठमाडौं, २५ साउन
सिराहा : धनगढीमाई नगरपालिका–१२ बस्ने ३० वर्षीय जागेश्वर मण्डल ईनारमा झरेको बाल्टिन निकाल्न जाँदा चिप्ली खसेको र उनलाई बचाउन गएका उनकै काका ४० वर्षीय रामबिलाश मण्डल समेत लडेर इनारमा खसेपछि दुबैजनाको पानीभित्र डुबेर मंगलबार मृत्यु भएको छ ।
डडेल्धुरा : आलिताल–५ घुम्तीबजारस्थित सुनखोला तर्ने क्रममा खोलाले बगाएका आलिताल–३ बस्ने ४६ वर्षीय प्रयागराज जोशी स्थानीय रगुनखोलाको किनारमा मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
ताप्लेजुङ्ग : लिङखिम–२ बस्ने ओमबहादुर महरेसङ लिम्बुकी छोरी १५ वर्षीया अनिता महरेसङ लिम्बुलाई मंगलबार स्थानीय तावाखोलाले बगाएकोमा प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शव फेला परेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

