अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, २५ साउन
    हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेमा चेकिङ गर्नेक्रममा बीरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना.४ ख ६८७६ नम्बरको बसमा सवार सरिखेत–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ र सरिखेत–७ बस्ने ४१ वर्षीय सोमलाल वाईबालाई साथमा ल्याएको अवैध लागूऔषध अफिम ६ ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।