हतियार सहित पक्राउ
काठमाडौं, २५ साउन
ताप्लेजुङ्ग : खोक्लिङ्ग–९ बस्ने ६६ वर्षीय पदमबहादुर गुरुङको घरमा हतियार लुकाई राखेको भन्ने खबरको आधारमा खटिएको प्रहरीले घरको भुइँतलामा बोरामा लुकाई राखेको कटुवा पेस्तोल १ थान मंगलबार फेला पारी बरामद गरेको छ । गुरुङ र उक्त हतियार २ हजार रुपैयाँमा बन्दक राख्न दिने गजेन्द्रबहादुर लिम्बुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली : पबेरा–६ बैजपुर बस्ने ३८ वर्षीय ओमप्रकास चौधरीको घरमा हातहतियार छ भन्ने गोप्य सुचनाको आधारमा खटी गएको प्रहरीले घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, त्यसको गोली ४ राउण्ड र थ्रीनट थ्री राइफलको २ राउण्ड गोली फेला पारी चौधरीलाई मंगलबार हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

