मृत अवस्थामा फेला
काठमाडौँ, २६ साउन
संखुवासभा : वाला–८ दाङ्खिला बस्ने ५६ बर्षीय केशर बहादुर राई र उनको ६१ बर्षीया श्रीमती जिनामायाँ राई मंगलबार आफनै घरभित्र मृत अबस्थामा फेला परेका छन् ।
दाङ : सिदेश्वरी–८ घर भई तुल्सीपुर नगरपालिका–५ रानीजरिया डेरा गरी बस्ने ५० बर्षीय भरत बहादुर बोहोरा मंगलबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ : खोक्लिङ–७ थुम्बा स्थित तमोरखोलामा मंगलबार नाम,थर, वतन नखुलेको महिलाको दाहिने खुट्टा मात्र भएको शव फेला परेको छ ।
काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका–६ चिसेनी जंगलमा मंगलबार पशुपति क्याम्पस चाबहिलमा अध्यनरत दैलेख घर भएका १८ बर्षीय प्रकाश बहादुर कार्की मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

