डुबेर मृत्यु

काठमाडौँ, २६ साउन
    मोरङ : डाँगी–९ बस्ने जित बहादुर धिमालको १० बर्षीया छोरी जिना धिमालको मंगलबार केसलिया खोलाको बाँधको पानीमा डुबेर मृत्यु भएको छ  ।
    रुपन्देही : देबीनगर बस्ने ११ बर्षीय दिपेश पथरकट्टाको बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गे पुल मुनि तिनाउ नदी किनारमा डुबी मृत्यु भएको छ । मंगलबार पानीमा डुबी रहेको अवस्थामा उद्धार गरी उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।