पहिरोमा पुरिएर मृत्यु तथा घाइते

दोलखा, २६ साउन
    जुगु–२ खोटासी बस्ने यर्सा निम्न माध्यामिक बिद्यालयका प्रधानाचार्य ५५ बर्षीय पुष्कर खड्का र सोही ठाउँ बस्ने ३२ बर्षीय भिष्म खड्का मोटरसाइकलबाट मंगलबार घरतर्फ फर्कने क्रममा जुगु–७ दार्खा भन्ने स्थानमा आईपुग्दा माथीबाट पहिरो खस्दा पुष्कर खड्काको घटनास्थलमनै मृत्यु भएको छ भने भिष्म खड्का घाइते भएकोले काब्रे मैनापोखरी मेडिकलमा लगिएको छ ।