सेफ चोरी गर्ने पक्राउ

ललितपुर, २६ साउन
    प्रहरी प्रभाग बाडेगाउँबाट गस्तीमा खटिएको प्रहरी टोलीले सेफ चोरी गरी लैजादै गरेका ६ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको छ ।
    गोदावरी नगरपालिका–११ थैव चकुटोल बस्ने रत्नलाल श्रेष्ठको कच्ची घर गत भुकम्पको बेलामा भत्किएर मानिस नबस्ने गरेको अवस्थामा मंगलबार राति सेफ चोरी गरी लैजादै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारेको थियो । साँचो हराई हाल प्रयोगमा नआएको उक्त सेफमा पुराना बहुमुल्य सामान रहेको हुन सक्ने बताइएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।