लागू औषध सहित पक्राउ
काठमाडौँ, २६ साउन
काठमाडौँ : पासपोर्ट नम्बर एए ७१०४११६ वाहक थाई नागरीक MISS WARANYA KAEWPIKUL लाई प्रहरीले ३.२६८ के.जी.कोकिन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ ।
मलेसियन एयर लाइन्सको उडान नम्वर एमएच १२५ बाट मलेसिया हुदै थाईल्याण्ड लैजान लागेको उनलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डिपाचर एरियाको एक्सरे वि होल्ड व्यागेज चेकिङ गर्ने क्रममा उनले आफ्नो होल्ड व्यागेज भित्र लुकाई छिपाई राखेको उक्त कोकिन जस्तो देखिने पदार्थ बरामद भएको थियो । निजलाई अन्य थप अनुसन्धान एवं कारवाहीको लागि लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको छ ।
ललितपुर : बालकुमारी पुल नजिकबाट मंगलबार राति प्रहरीले बा.१ ज ७०२३ नम्बरको ट्याक्सी चालक पर्सा दिकपुर–४ घर भई हाल कालिमाटि बस्ने २९ बर्षीय सुरेश चौधरी र काभ्रे ज्याम्दी–३ घर भई नैकाप बस्ने १८ बर्षीय अनिल लामालाई २ के.जी गाँजा सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

