मृत अवस्थामा फेला
काठमाडौं, २६ साउन
काठमाडौं : बुढानिलकण्ठ–१० जनताचोकस्थित जनता यातायात बसपार्क नजिक चौरमा हाल नाम, थर, वतन नखुलेका करीव ३५ बर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी : मादक पदार्थ सेवन गरी धरान–१५ बस्ने जितबहादुर बस्नेतको निर्माणधिन टिनको छाप्रोमा मंगलबार सुतेकी धरान–२२ बस्ने ३७ वर्षीया कल्पना राई बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

