ट्याक्टरले किच्दा मृत्यु

मोरङ्ग, २६ साउन
    दादरबैरीया–८ बस्ने चन्द्रनारायण रायले घरमा राखेको को.१ त ४०४७ नम्बरको ट्याक्टर उनका छोरा १३ वर्षीय निरजकुमार रायले स्टार्ट गरी बन्द गर्न खोज्दा बन्द नभएपछि ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको चक्काले किच्न जाँदा बुधबार गम्भीर घाइते भएकोमा उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।