खोला तथा नदीले बगाएर वेपत्ता
काठमाडां, २६ साउन
सल्यान : स्विकोट–१ बस्ने १२ वर्षीया पवित्रा रावल स्कुलबाट घर फर्कने क्रममा मंगलबार स्थानीय कोईना काडा खोलाले बगाई बेपत्ता भएकी छन् ।
तनहुँ : भिरकोट गाबिस–६ मधुवन बस्ने ५८ वर्षीय जंगबहादुर बोटे सोही ठाउँस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा साउन २२ गते नदीले बगाई बेपत्ता भएका छन् ।
स्थानीय प्रहरी टोली घटनास्थलमा खटी गई उनको खोजी कार्य तथा आवश्यक अनुसन्धान भइरहेको छ ।

