दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित मानिस पक्राउ

काठमाडौं, २६ साउन
    बुढानिलकण्ठ नगरपालिका–१४ कपनस्थित जिवन गुरुङको कोठामा एक थानको ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने उद्देश्यले राखेको दुर्लभ वन्य जन्तु रेडपाण्डाको छाला ९ थान सहित ४ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–१४ कपन बस्ने उदयपुर बलम्ता–८ का २३ वर्षीय शुसिल राई, बाँके नेपालगंज बस्ने वाग्लुङ भिमगिठी गाविस–१ का २४ वर्षीय मुस्कान थापा, बुढानिलकण्ठ–१४ कपन बस्ने खोटाङ दुवेकोल गाविस–८ का २६ वर्षीय जीवन गुरुङ र काठमाडौं सामाखुशी बस्ने मकवानपुर सरिखेतपलासे गाविस–५ का  ३२ बर्षीय लालबहादुर थिङ रहेका छन् ।
    उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि बिहिबार जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइने महाशाखाले जनाएको छ ।