आगलागीबाट धनमाल क्षति
झापा, २७ साउन
गौरीगंज नगरपालिका–१३ थापा चोक बस्ने आनन्द राजबंशीले संचालन गरेको किराना पसलमा बिहिबार बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १ थान मोटरसाइकल , नगद १० हजार रुपैयाँ सहित करीब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

