डुबेर मृत्यु
काठमाडौं, २७ साउन
कास्की : साउन २४ गते पोखरा उपमहानगरपालिका–६ हल्लनचोकस्थित फेवातालमा डुंगा डुबेर बेपत्ता भएका काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने १९ वर्षीय प्रतिक श्रेष्ठ र बसुन्धरा बस्ने २३ वर्षीय एलिन के.सी. शव बिहिबार लेकसाईडदेखि अंदाजी ३ सय मिटर तल तालमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
महोत्तरी : बसबिट्टी–९ मोहनपुर बस्ने मोहम्मद निरालेको डेढ वर्षीया छोरी दरकसा नुरीको बुधबार खेल्ने क्रममा सोही ठाउँमा रहेको खेतमा पानी लगाउने कुलोमा डुबेर मृत्यु भएको छ ।

