मृत अवस्थामा फेला
काठमाडौं, २७ साउन
रौतहट : चन्द्रपुर नगरपालिका–८ स्थित जोगी खोलाको खोल्सामा बुधबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी १८ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ : गोरखा पान्द्रुङ देउराली घर भई हाल डुम्रे बजारमा कवाडी सामान उठाई हिँड्ने ४५ वर्षीय सिताराम परियार बुधबार बन्दिपुर नगरपालिका–१ डुम्रे बजारमा मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

