अवैध मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको

सर्लाही, २७ साउन
    इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी टोलीले विहिबार ईश्वरपुर नगरपालिका–७ र बबरगंज –३ बाट बरामद गरेको तयारी मदिरा १ सय ३५ लिटर तथा कच्चा पदार्थ १ हजार १ सय लिटर तथा मदिरा बनाउने भाँडाहरु स्थानीय बासिन्दा र संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको छ । मदिरा उत्पादन गर्ने फरार ब्यक्तीहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।