जवरजस्ती लैजाने पक्राउ
भक्तपुर, २७ साउन
जग्गाको कारोबार तथा लेनदेनको बिषयमा जवरजस्ती लैजाने बालाजु बस्ने धनुषा यज्ञभुमी–९ घर भएका ३६ बर्षीय उदगाडी मण्डल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनन्तलिङ्गेश्वर नगरपालिका–१५ गुण्डु बस्ने ३९ वर्षीय श्याम विष्टले नगरकोट नगरपालिका–२ ताथली बस्ने शम्भु खत्रीलाई जग्गाको कारोबार तथा लेनदेनको ६ लाख ३२ हजार रुपैयाँ दिनु पर्नेमा नदिएकोले खत्रीका समर्थकहरु मण्डल सहितका ४ जनाले बुधबार बिष्टलाई उनकै घरबाट बा १ ज ८३२९ नम्बरको ट्याक्सीमा जवरजस्ती लिएर गएका थिए ।
सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सुर्यविनायक पाण्डु बजार नजिकैबाट मण्डल सहित ३ जना र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

