कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ
मोरङ, २७ साउन
कुटपिटबाट गम्भीर घाइते भएकी मधुमल्ला–७ पिपलडाँगी बस्ने २७ वर्षीया शोभा तामाङ कार्कीको मृत्यु भएको छ ।
उनलाई साउन २३ गते सोही ठाउँ बस्ने २५ वर्षीया विनिता राई र उनका ३१ बर्षीय श्रीमान श्याम राईले कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि अरनिको अस्पताल उर्लाबारीमा लगिएकोमा बुधबार उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न विनिता र श्याम राईलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिररहेको छ ।

