भालुको पित्तसहित पक्राउ

दार्चुला, २७ साउन
    भारत पिथौरागढ ग्राम दर थाना धार्चुला घर भएका ३५ वर्षीय चन्द्रसिंह दरियाललाई प्रहरीले ३४.७० ग्राम भालुको पित्त १ थानसहित पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई अपि नगरपालिका–११ पुलघाटमा चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त भालुको पित्त बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।