लागू औषधसहित पक्राउ

मकवानपुर, २७ साउन
    चितवन भरतपुर नगरपालिका–११ गणेशथान बस्ने ३७ वर्षीय कृष्ण घले र नवलपरासी गैंडाकोट–५ बस्ने २८ वर्षीय कृष्ण परियारलाई प्रहरीले नियन्त्रित लागू औषध सहित पक्राउ गरेको छ ।
    इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे स्थित विरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना.५ ख.४९३९ नम्बरको बस चेकजाँच गर्दा परियारको साथबाट नाईट्राभेट ५४ ट्याव्लेट र घलेको साथबाट फेनरागन २ एम्पुल, नुरफिन २ एम्पुल, डाईजोपाम २ एम्पुल बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।