नगद लुटपाट गर्ने पक्राउ
काठमाण्डौं, २७ साउन
नगद लुटपाट गरी भाग्दै गरेका जोरपाटी बस्ने भारत बिहार घर भएका २० वर्षीय धमबिर बालालाई प्रहरीले पक्राउ गरेको छ ।
बालाले बुधबार गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी बेशिगाउँ बस्ने ५६ वर्षीय लोकनाथ फुँयालले कृषि विकास बैंक जोरपाटीबाट नगद ३ लाख २८ हजार रुपैयाँ निकाली झोलामा राखेर पैदल घरतर्फ जाँदै गरेको अवस्थामा झोला खोसेर भागेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटीबाट भाग्दै गरेको अवस्थामा उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

