आगलागीबाट धनमाल क्षति

सोलुखुम्बु, २७ साउन
    छेस्काम–७ बस्ने उतरराम राईको घरमा विहिबार आगलागी हुँदा नगद १ लाख ६० हजार रुपैयाँ सहित करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रण गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।