खोलाले बगाई मृत्यु

काठमाडौं, २७ साउन
    डोल्पा : साउन २५ गते घरबाट साल्दांग–१ जान्छु भनी हिँडेका साल्दांग–८ बस्ने १६ वर्षीय छिवाङ गुरुङ सोही ठाउँस्थित खुम खोलाले बगाई मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।
    कपिलबस्तु : साउन २५ गते भैसी चराउन गएका शिवराज नगरपालिका–२ भित्रिया बस्ने ८५ वर्षीय बन्दु थारु थुन्हिया–५ सेमरी जालीबगियास्थित बेल नदीले बगाई मृत्यु भएको अवस्थामा बिहिबार फेला परेका छन ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।