सवारी दुर्घटनामा मृत्यु
महोत्तरी, २७ साउन
रामगोपालपुर–३ स्थित बर्दीवास–जलेश्वर सडक खण्डमा ज.६ प ३७०४ नम्वरको मोटरसाइकलले विहिबार ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री रामगोपालपुर–२ बस्ने ४५ बर्षीया देविया देवी मण्डललको अंचल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

