अवैध लागू औषधसहित पक्राउ

काठमाडौं, २७ साउन
    बारा : गढीमाई नगरपालिका–१ स्थित पथलैया–बीरगंज सडकमा चेकजाँचको क्रममा काठमाडौं महानगरपालिका–३२ बस्नेहरु काभ्रे पनौती नगरपालिका–७ का २३ वर्षीय धर्मेन्द्र पोडे देउला र बारा परसौनी–८ का ३२ वर्षीय जितेन्द्र शाहलाई अबैध लागूऔषध ईन्जेक्सन डाइजिलेव २४ थान, फेनारगन २४ थान र लुपीजेसीक २४ थानसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    सप्तरी : बोरिया–७ बस्ने प्रर्शुराम दासको चिया पसलमा शंका लागि चेकजाँच गर्ने क्रममा पसलमा ३ वटा प्लाष्टिकमा प्याकिङ गरी बेच्न राखेको तथा घरमा करीव २ के.जी. तयारी गाँजा प्रहरीले बरामद गरेको छ ।     प्रर्शुराम  फरार रहेकोले खोजी गर्नुको साथै उनकी ४८ वर्षीया श्रीमती उर्मिला दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।