सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, २८ साउन
काठमाडौं : किर्तिपुर नगरपालिका–१४ चोभारडाँडा स्थित बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा.२ क ९५२ नम्बरको निलो रंगको मिनी टाटा ट्रक अनियन्त्रित भई सडकबाट करीब ११० फिट तल खसेर दुर्घटना हुँदा चालक धादिङ जिवनपुर घर भई हाल बौद्ध बस्ने २९ वर्षीय उदय तामाङको घटनास्थलमै बिहिबार मृत्यु भएको छ ।
ईलाम : ईलाम नगरपालिका–८ स्थित मेची राजमार्गमा मे.१ ज २३८२ नम्बरको मारुती भ्यानले सोही ठाउँ बस्ने ६६ वर्षीय पैदलयात्री फुलमाया तामाङलाई ठक्कर दिंदा गम्भीर घाईते भई जिल्ला अस्पताल ईलाम ल्याईएकोमा उपचारको क्रममा बिहिबार मृत्यु भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी : हनुमाननगर योगनीमाई नगरपालिका–६ स्थित सडकमा बि.आर.५० ए ९४६१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र स.१ ज ३६७ नम्बरको म्याजिक भ्यान ठक्कर खाई दुर्घटना हुँदा बिहिबार मोटरसाइकल पछाडि सवार ५० वर्षीय राजदेब मण्डल गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक भ्यानलाई नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली : सहजपुर–९ मारभट्टीस्थित भिमदत्त राजमार्गमा ना.६ ख १६९१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसेर दुर्घटना हुँदा डोटी बासुदेवी–१ बस्ने २८ वर्षीय योगेन्द्र बि.क.र हाल नाम, थर, वतन नखुलेको १ जना पुरुष व्यक्ति समेत २ जनाको शुक्रबार घटनास्थलमै मृत्यु भएको छ ।
साथै बस धनी तथा चालक कैलाली अत्तरीया नगरपालिका–१२ बस्ने २८ वर्षीय शेरबहादुर कठायत समेत ९ जना घाईते भएकोले उपचारको लागि पद्मा अस्पताल अत्तरीया पठाइएको छ ।
बारा : निजगढ नगरपालिका–९ स्थित भमरापुलस्थित पुर्वपश्चिम राजमार्गमा ना.२५ प १६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठक्कर खाएर पल्टदाँ चालक रेमपुर गेनही कबहीगोठ–८ सन्तगंज बस्ने ३५ वर्षीय रामएकवाल साह शुक्रबार गम्भिर घाईते भएकोले स्थानिय मेडिकल हुँदै नेशनल मेडीकल कलेज बिरगंज लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३५ वर्षीय हरीप्रसाद पटेल घाईते भएकोले उपचारको लागि स्थानिय मेडिकल पठाइएको छ ।

