करेन्ट लागेर मृत्यु

धनुषा, २८ साउन    
    जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २६ वर्षीय मुरारीकुमार साह र  सोही ठाउँ बस्ने सुरेन्द्र महतोको छोरा १२ वर्षीय सुरज महतो नुनियाको बिहीबार बिजुलीको मेन लाईनको चुँडिएर खसेको तारले करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।