आगलागीबाट धनमाल क्षति
मकवानपुर, २८ साउन
हेटौडा उपमहानगरपालिका–११ बाघथलीस्थित धादिङ स्थायी घर भएका ३१ वर्षीय कृष्णबहादुर मिजारको छाप्रोमा बिहीबार आगलागी भई सोही ठाउँ स्थित २९ वर्षीय कोपिला मिजार र २२ वर्षीय खडकबहादुर कोईराला समेत ३ जनाको छाप्रोमा समेत आगलागी हुँदा १ लाख ७६ हजार ४ सय बराबरको धनमाल क्षति भएको भएको छ । स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

