ब्राउनसुगर सहित पक्राउ

बाँके, २८ साउन
    सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२२ बस्ने १९ वर्षीय अर्जुन परियारलाई बिहिबार २ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
    जमुनाह चेकपोष्टमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेको अटो रिक्सामा उक्त लागू औषधसहित परियारलाई फेला परेका हुन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।