मृत अवस्थामा फेला
सोलुखुम्बु, २८ साउन
दुधकुण्ड नगरपालिका–६ खोरिया बस्ने ५१ वर्षीया ङिलमु शेर्पा सोही ठाउँस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । कसैलाई नसोधी साउन २४ गते घरबाट हराएपछि खोजी गर्ने क्रममा उनको खोल्सामा शव फेला परेको हो । शेर्पा बिगतमा पनि मादक पदार्थ सेवन गरी हराई केही दिनमा फर्की आउने गरेको बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

