तीन वटा घर बगाएर क्षति

सिन्धुपाल्चोक, २८ साउन
    भोटेकोशी नदीको बहावको कारण गत असार २१ गते आएको बाढीले जोखिममा रहेका घरहरुमध्ये तातोपानी–१ बस्ने कृष्णबहादुर मगरको ६ तले, रामबहादुर बि.क.को १ तले र दिनदुप तामाङको १ तले पक्की घरहरु बिहिबार राति नदीले बगाई लगेर क्षति भएको छ ।
    घटनास्थलमा प्रहरी टोली खटि गएको छ ।