चोरीको मोटरसाइकलसहित पक्राउ

पर्सा, २८ साउन
    बीरगन्जस्थित यातायात कार्यालयको प्राङ्गणमा पार्किङ् गरी राखेको स्थानबाट चोरी भएको ना.२३ प २०१७ नम्बरको मोटरसाइकलसहित बीरगंज उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय मुनाकुमार यादवलाई बीरगंज उपमहानगरपालिका–१ स्थित सडकबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
    बीरगंज उपमहानगरपालिका–१९ बस्ने राजकिशोर ओझाको नाममा दर्ता भएको उक्त मोटरसाइकल पार्किङ् गरेको स्थानबाट चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन भएकोमा अस्थायी प्रहरी पोष्ट भकुवाको प्रहरीले उक्त सडकमा यादवले हाँकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
    यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।